उम्मेदवारको टुंगो लगाउन बोलाइएको एमाले सचिवालय बैठक सर्‍यो
उम्मेदवारको टुंगो लगाउन बोलाइएको एमाले सचिवालय बैठक सर्‍यो
    • Bell Sanchar

    • १३ आश्विन २०७९, बिहीबार

उम्मेदवारको टुंगो लगाउन बोलाइएको एमाले सचिवालय बैठकको समय परिवर्तन भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाएको बैठक अझै सुरु भएको छैन । अध्यक्ष केपी ओलीको निजी सचिवालयले बैठक १ घण्टापछि सरेको बताएपनि साढे ४ बज्दासम्म सुरु हुन सकेको छैन ।

बैठकका लागि केही नेताहरु अध्यक्ष ओली निवास बालकोट पुगिसकेका छन् । अध्यक्ष ओलीको व्यस्तताका कारण बैठक सुरु हुन अझै केही घण्टा लाग्ने सूचना आएको एक नेताले जानकारी दिए ।

आजको बैठकमा प्रतिनिधि सभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भनिएपनि लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ

 

साताकाे चर्चित
सम्बन्धित