फुटपाथ व्यापारमा लचिलो हुँदैनौं:  काठमाडौं महानगरपालिका
फुटपाथ व्यापारमा लचिलो हुँदैनौं:  काठमाडौं महानगरपालिका
    • Bell Sanchar

    • १३ आश्विन २०७९, बिहीबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा पुर्‍याएको भन्दै पर्वका नाममा लचिलो हुन नसकिने बताउनुभएको छ ।

विहिबार सामाजिक सञ्जालमार्फत् मेयर शाहले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने र यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको बताउनुभएको छ ।

‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दिर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ’, उहाँले भन्नुभयो ।

सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरिएको उहाँको भनाइ छ। ‘नागरिक जीवनमा सुधारको महशुस गराउने हाम्रो प्रतिवद्धता हो । यो कायम छ । यसैगरी सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पुर्‍याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौ’, उहाँले भन्नुभयो ।

पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, ‘अन्य समयभन्दा यो बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर बाहिर निस्कने समय हो । उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो । सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महशुस गरेको विषय हो ।’

साताकाे चर्चित
सम्बन्धित