माओवादीले टुंग्यायो उम्मेदवार ,कर्णालीमा आफ्नो भागमा परेका ५ वटै क्षेत्रमा
माओवादीले टुंग्यायो उम्मेदवार ,कर्णालीमा आफ्नो भागमा परेका ५ वटै क्षेत्रमा

सत्ता गठबन्धनको तालमेलमा आफ्नो भागमा परेका क्षेत्रमा माओवादीले उम्मेदवार तय गरेको हो ।

    • बिर बहादुर राना

    • २२ आश्विन २०७९, शनिबार

नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ ।

सत्ता गठबन्धनको तालमेलमा आफ्नो भागमा परेका क्षेत्रमा माओवादीले उम्मेदवार तय गरेको हो ।

रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्ति बस्नेत, कालिकोटमा  महेन्द्र शाही, जुम्लामा गोमा गौतम ( कुँवर ) र हुम्लामा छिरिङ डम्डोल उम्मेदवार बन्ने भएका छन् ।

प्रतिनिधि सभामा १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा माओवादीको भागमा  ५ वटा क्षेत्र परेको छ ।

यस्तै कांग्रेसले ५ र नेकपा एसले २ क्षेत्र पाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित