गगन थापा काठमाडौं ४ बाटै चुनाव लड्ने
गगन थापा काठमाडौं ४ बाटै चुनाव लड्ने

आफ्नो ठाउँ काठमाडौं क्षेत्र नम्बर ४ हो त्यहीँबाट हो चुनाव लड्ने।

    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौँ क्षेत्र नम्बर चार बाटै उम्मेदवार बन्ने भएका छन्।

थापा सर्लाहीबाट उम्मेदवार हुने भन्दै प्रचार गरिएपछि सचिवालयले त्यसको खण्डन गरेको छ।

थापाको सचिवालयले भनेको छ, ‘आफ्नो ठाउँ काठमाडौं क्षेत्र नम्बर ४ हो त्यहीँबाट हो चुनाव लड्ने।

यो ठाउँ छोडेर अन्त जाने कुरा न सोच्न सकिन्छ, न त सोचिन्छ नै हल्लाको पछि नलागौँ।’

थापालाई क्षेत्रीय समितिले सर्लाहीको क्षेत्र नम्बर ४ बाट एकल उम्मेदवार सिफारिस गरेको थियो।

त्यस क्षेत्रबाट यसअघि अमरेशकुमार सिंह निर्वाचित भएका थिए।

साताकाे चर्चित
सम्बन्धित