निर्माताले सार्वजनिक गरे ‘प्रेमगीत ३’को कमाइ, नेपालमा ११ करोड ग्रस
निर्माताले सार्वजनिक गरे ‘प्रेमगीत ३’को कमाइ, नेपालमा ११ करोड ग्रस

पहिलो साता सात करोड ९६ लाख रुपैयाँ ग्रस र दोस्रो साता ३ करोड ८५ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाइएको छ ।

    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

काठमाडौं

‘प्रेमगीत ३’का निर्माताले दुई सातामा नेपाल र भारतमा फिल्मले गरेको कमाइ सार्वजनिक गरेका छन् । निर्माण कम्पनी आशुसेन फिल्म्सका अनुसार फिल्मले दुई सातामा नेपालबाट ११ करोड ८१ लाख रुपैयाँ ग्रस कमाएको छ ।

पहिलो साता सात करोड ९६ लाख रुपैयाँ ग्रस र दोस्रो साता ३ करोड ८५ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाइएको छ । निर्माताका अनुसार नेपाली र हिन्दी दुवै संस्करणबाट फिल्मले यो कमाइ गरेको हो ।

भारतमा फिल्मले दुई सातामा ५ करोड ३२ लाख भारु कमाइ गरेको जनाइएको छ । ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मले दुई सातामा ९ करोड १४ लाख भारु कमाएको पनि उल्लेख छ । यसरी हेर्दा फिल्मको दुई साताको विश्वव्यापी कमाइ ३४ करोड १३ लाख नेपाली रुपैयाँ कमाइ गरेको जनाइएको छ ।

सन्तोष सेन र छेतेन गुरुङ निर्देशित यो फिल्म दशैं छेकोमा प्रदर्शनमा आएको थियो । प्रदीप खड्का अभिनित फिल्मले एकैदिन विश्वव्यापी प्रदर्शन हुने नेपाली फिल्मको कीर्तिमान समेत रचेको थियो ।

साताकाे चर्चित
सम्बन्धित