बाबुराम ,नारायणकाजी र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगे गोरखा
बाबुराम ,नारायणकाजी र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगे गोरखा

गोरखा हिँडेका उनलाई आबुखैरेनी- मुग्लिन लगायत विभिन्न ठाउँमा स्वागत समेत गरिएको थियो।

    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन्।

आइतबार बिहानै उनी काठमाडौंबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेका हुन्।

प्रचण्डले गोरखा पुगेर बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर मनोनयन दर्ता गराएका छन्।

गोरखा हिँडेका उनलाई आबुखैरेनी- मुग्लिन लगायत विभिन्न ठाउँमा स्वागत समेत गरिएको थियो।

यसपालि प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट चुनाव लड्दैछन्। जुन यसअघि भट्टराई र श्रेष्ठको निर्वाचन क्षेत्र थियो।

२०७४ सालमा प्रचण्डले चितवनको क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका थिए। भट्टराईले निर्वाचनमा भाग नलिने घोषणा गरेपछि प्रचण्डले गोरखाबाट उम्मेदवारी दिन लागेका हुन्।

उनलाई त्यहाँका स्थानीयले भव्य स्वागत गरेका छन्। बाजागाजा, फूलमालासहित स्थानीय कार्यकर्ताले उनको स्वागत गरेका हुन्।

उनी त्यहाँबाट पैदल हिँडेर निर्वाचन अधिकृतको कार्यालय पुगेर दर्ता गराएका हुन्।

साताकाे चर्चित
सम्बन्धित