रवीन्द्र मिश्रले गरे उम्मेदवारी दर्ता काठमाडौं १ मा
रवीन्द्र मिश्रले गरे उम्मेदवारी दर्ता काठमाडौं १ मा

यसपालि पनि यो क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेस नेता सिंह नै उम्मेदवार छन्।

    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन्।

आज निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन्। उनी २०७४ मा पनि यही क्षेत्रमा उम्मेदवार भई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए।

यसपालि पनि यो क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेस नेता सिंह नै उम्मेदवार छन्।

उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै मिश्रले योपटक मतदाताले आफूहरूलाई जिताउने विश्वास व्यक्त गरेका थिए।

फेरि ठूला पार्टीलाई जिताउने हो भने न त त्यसमा नेतृत्व परिवर्तन हुन्छ, न ती पार्टीको चरित्र परिवर्तन हुन्छ न तपाईंको घरपरिवारको स्थितिमा रूपान्तरण हुन्छ,’ उनले भने, ‘मतदाताकै हितका लागि हामीलाई विजयी गराउनुपर्छ।’

साताकाे चर्चित
सम्बन्धित