कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले वारेसनामामार्फत् गराए मनोनयन दर्ता
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले वारेसनामामार्फत् गराए मनोनयन दर्ता
    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वारेसनामामार्फत् आफ्नो मनोनयन दर्ता गराएका छन्।

काठमाडौंमा रहेका शाहीले ११ बजे निर्वाचन आयोग पुगेर वारेसनामा दिएका हुन्।

नेपाली कांग्रेसका हुम्ला जिल्ला कार्यसमिति सचिव किस्न बोहोरा प्रस्तावक र सदस्य बबिता शाही उनका समर्थक रहेको मुख्यमन्त्रीका स्वकीय सचिव राज रोकायाले जानकारी दिए।

शाहीले प्रदेशसभा सदस्यका लागि हुम्ला (ख) बाट उम्मेदवारी दिएका हुन्।

यस्तै, प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि वारेसनामामार्फत् नै उम्मेदवारी दिने तयारी छ।

सुर्खेत–१ बाट सदस्यका उम्मेदवार बन्न लागेका उनी हेलिकप्टरमार्फत् सुर्खेत आउने तय भए पनि मौसमको खराबीका कारण वारेसनामामार्फत् उम्मेदवारी दिने उनीनिकट एक नेताले जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित