उम्मेदवारी दर्ता गर्न डडेल्धुरा आएनन् प्रधानमन्त्री देउवा
उम्मेदवारी दर्ता गर्न डडेल्धुरा आएनन् प्रधानमन्त्री देउवा

आइतबार दिउँसो देउवाको मनोनयन कार्यक्रम रहेको जनाइएको छ।

    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवारी दर्ता गर्न डडेल्धुरा नआउने भएका छन्।

कार्य व्यस्तताका कारण उनी गृह जिल्ला नआएको स्रोतले जनाएको छ।

उनले वारेस नामामार्फत् चुनावी मनोनयनपत्र उनकी पत्नी आरजू राणा देउवाद्वारा दर्ता गराउने भएका हुन्।

कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजू देउवा मनोनयनपत्र दाखिला गराउन शनिबार साँझ डडेल्धुरा पुगेकी छन्।

आइतबार दिउँसो देउवाको मनोनयन कार्यक्रम रहेको जनाइएको छ।

देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातर चुनाव जित्दै आएका छन्।

देउवाविरूद्ध यसपटक नेपाली कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल चुनावी मैदानमा छन्। मल्ललाई एमालेको समर्थन छ।

साताकाे चर्चित
सम्बन्धित