‘राम सेतु’ को खोजीमा अक्षय कुमार (भिडिओ)
‘राम सेतु’ को खोजीमा अक्षय कुमार (भिडिओ)

उनले आर्यन कुलश्रेष्ठ पात्रको भूमिका निर्वाह गरेका छन्।

    • Bell Sanchar

    • २५ आश्विन २०७९, मंगलवार

बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘राम सेतु’ को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा अक्षय राम सेतुको खोजीमा छन्। उनी राम सेतुको अस्तित्व बचाउने कोसिसमा छन् भने केही शक्तिशाली व्यापारीहरू राम सेतुलाई मेटाउन चाहन्छन्।

फिल्ममा अक्षय पुरातत्वविदको भूमिकामा देखिएका छन्। उनले आर्यन कुलश्रेष्ठ पात्रको भूमिका निर्वाह गरेका छन्।

अभिषेक शर्माले निर्देशन गरेको फिल्ममा अक्षयसँगै ज्याकलिन फर्नान्डिज, नुसरत भरुचा, सत्यदेव कंचराना, एम नासिर लगायतको अभिनय छ। फिल्मको कथा निर्देशक शर्माले नै तयार पारेका हुन्।

यो फिल्म अक्टोबर २५ देखि प्रदर्शन हुँदैछ।

यो फिल्म अक्षयको सन् २०२२ मा प्रदर्शन हुने पाँचौं फिल्म हो। उनको फिल्म ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’, ‘रक्षा बन्धन’ र ‘कठपुतली’ प्रदर्शन भइसकेको छ।

 

साताकाे चर्चित
सम्बन्धित