बैजनाथमा एकादशी मेलाको तयारी   
     बैजनाथमा एकादशी मेलाको तयारी   

मेला शुक्रबार बेलुका ६ बजे सुरु भई शनिबार दिउँसो १२ः०० बजेसम्म सञ्चालन हुनेछ ।

    • Bell Sanchar

    • १७ कार्तिक २०७९, बिहीबार

राँझा, 
बाँकेको बैजनाथ गाउँपालिका– ६ लालपुरमा पौराणिक हरिबोधनी एकादशी मेलाको तयारी भएको छ । हरिबोधनी एकादशीको अवसरमा लोक संस्कृति जोगाउने उद्देश्यका साथ शुक्रबार पौराणिक एकादशी मेला आयोजना गरिएको मेला व्यवस्थापन मूल समिति संयोजक दिलबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार परापौराणिक कालदेखि महादेवा मेलाको रूपमा परिचित हरिबोधनी एकादशी लालपुर मेलामा पौराणिक लोक संस्कृतिलाई बचाउने उद्देश्यले स्थानीय पञ्चेबाजा, सिङ्गारु झ्याउरे, लहरे पैसेरी, ख्याली, मयुर नाचजस्ता सांस्कृतिक प्रस्तुति रहने छन् ।

मेला शुक्रबार बेलुका ६ बजे सुरु भई शनिबार दिउँसो १२ः०० बजेसम्म सञ्चालन हुनेछ । मेलालाई व्यवस्थित तवरले सम्पन्न गर्न मूलसमितिको मातहतमा रहने गरी आर्थिक व्यवस्थापन, मञ्च व्यवस्थापन, स्टल व्यवस्थापनलगायत विभिन्न उपसमिति गठन गरी कामको बाँडफाँड गरिएको मूल आयोजक कमिटी संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित