नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाई’को ‘हाँ कर दे’ गीत सार्वजनिक (भिडिओ)
नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाई’को ‘हाँ कर दे’ गीत सार्वजनिक (भिडिओ)

राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन्।

    • Bell Sanchar

    • १७ कार्तिक २०७९, बिहीबार

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ को नयाँ गीत सार्वजनिक भएको छ।

बिहीबार ‘हाँ कर दे’ बोलको गीत सार्वजनिक गरिएको हो। अमित त्रिवेदीको स्वर तथा संगीत रहेको गीतमा इर्साद कमिलको शब्द छ।

गीतको भिडिओमा अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानीलगायत कलाकारलाई देख्न सकिन्छ। सगरमाथाको उचाइबाट फर्किएपछिको परिवेशलाई समेटिएको छ।

यो फिल्मको ६० प्रतिशत छायांकन नेपालमा गरिएको हो। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन्। नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बईमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्।

राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन्।

मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन, अनुपम, परिणितीसँगै डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्।

मनोजकुमार खतोइले छायांकन गरेको फिल्मलाई श्वेता वेंकट म्याथ्यूले सम्पादन गरेका हुन्।

यो फिल्म आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ।

 

साताकाे चर्चित
सम्बन्धित