भानुमा लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले गर्‍यो न्यानो कपडा वितरण
भानुमा लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले गर्‍यो न्यानो कपडा वितरण
    • Bell Sanchar

    • २७ कार्तिक २०७९, आईतवार

तनहुँ । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले सय जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले आईतबार तनहुँको भानु नगरपालिका ४ स्थित भानु संस्कृत माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपडा वितरण गरेको हो ।

क्लबका अध्यक्ष नारायण रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रम माझ भानु नगरपालिकाका नगर प्रमुख आनन्द त्रिपाठीले कपडा वितरण गर्नुभयो । सो अवसरमा नगर प्रमुख त्रिपाठीले लायन्स क्लबले सामाजिक क्षेत्रमा गर्दै आएको कार्य प्रशंसनिय रहेको उल्लेख गर्नुहुँदै लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले भानु क्षेत्रमा आएर गरेको कार्यको सर्हाना समेत गर्नुभयो ।

त्यसैगरि, लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धका अध्यक्ष नारायण रेग्मीले क्लबले एक हजार थान न्यानो कपडा वितरण गर्ने योजना राखेको बताउनुभयो । कार्यक्रममा नेपाल लायन्स फाउण्डेसनका बिष्णु प्रसाद भण्डारी, भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक एवम् क्लबका निर्देशक शंकर रानाभाट बोल्नु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित