यूएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अर्जुन र हरिशंकरको डेब्यु
यूएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अर्जुन र हरिशंकरको डेब्यु

एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानको रुपमा रोहितको यो पहिलो खेल हो ।

    • Bell Sanchar

    • २८ कार्तिक २०७९, सोमबार

काठमाडौँ

यूएईसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका दुई खेलाडीले डेब्यु गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा अर्जुन साउद र हरिशंकर शाहलाई डेब्यु गर्न दिइएको हो ।

नेपालले सेप्टेम्बरमा केन्या भ्रमण गर्दा अर्जुनले टी-२० अन्तर्राष्ट्रिय खेल खेले पनि एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो सुरुवाती ११ मा परेका हुन् । हरिशंकरले राष्ट्रिय टोलीबाट कुनै पनि संरचनामा पहिलो खेल खेलका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमकै कान्छा कप्तान रोहित पौडेलको नेतृत्वमा नेपालले फिल्डङ रोजेपछि यूएईले सुरुवाती ब्याटिङ गरिरहेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानको रुपमा रोहितको यो पहिलो खेल हो ।

नेपाल क्रिकेट संघले चार दिनअघि उनलाई कप्तान बनाउने निर्णय गरेको थियो । नेपालबाट यूएईविरुद्ध रोहित, अर्जुन, हरिशंकरसहित ज्ञानेन्द्र मल्ल, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, गुलशन झा, कुशल भुर्तेल, ललितनारायण राजवंशी खेलिरहेका छन् ।

आरिफ शेख, कमलसिंह ऐरी, भिम सार्की, सागर ढकाल र मोहम्मद आदिल आलम बेन्चमा रहेका छन् । यूएई पनि नयाँ कप्तानका साथ नेपालविरुद्ध खेलिरहेको छ । सी रिजवानले यूएईको एकदिवसीय अन्तर्राष्ट्रिय कप्तानको रुपमा पहिलो खेल खेलिरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित