संखुवासभाको विकासका लागि गठबन्धनलाई जिताउनुहोसः दिपक खड्का
संखुवासभाको विकासका लागि गठबन्धनलाई जिताउनुहोसः दिपक खड्का

उहाँले गोपाल पहाडीले हार्दा संखुवासभाको विकासले हारेको स्मरण गर्दै त्यस्तो गल्ती नदोहो¥याउन आम मतदातालाई आग्रह गर्नुभयो ।

    • Bell Sanchar

    • २८ कार्तिक २०७९, सोमबार

संखुवासभा,

नेपाली काँग्रेसका नेता दिपक खड्काले संखुवासभाको विकासका लागि गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताउनुभएको छ । लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट संखुवासभाको प्रतिनिधीसभा सदस्यको उम्मेदवार खड्काले आज मादी नगरपालिकामा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनले जिते संखुवासभाको विकासले जित्ने बताउनुभएको हो ।

उहाँले गोपाल पहाडीले हार्दा संखुवासभाको विकासले हारेको स्मरण गर्दै त्यस्तो गल्ती नदोहो¥याउन आम मतदातालाई आग्रह गर्नुभयो । उहाँले कुनै लोभलालच र भ्रममा नपरी गठबन्धनका उम्मेदवारलाई विजय गराउन लाग्नुपर्ने बताउनुभयो । पूर्व राज्यमन्त्री खड्काले आफू सांसद भएपनि मन्त्री भएपनि जनताको सेवकको रुपमा सँधै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संखुवासभाको विकासका लागि प्रतिनिधीसभा र प्रदेशसभामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुपर्ने उहाँको भनाई थियो ।

साताकाे चर्चित
सम्बन्धित