१५ महिनापछि बीए प्रथम वर्षको नतिजा सार्वजनिक
१५ महिनापछि बीए प्रथम वर्षको नतिजा सार्वजनिक

पनिकाले भने कोभिडका बेला विद्यार्थीको पायक पर्ने स्थानमा परीक्षा सञ्चालन गर्दा उत्तर पुस्तिका जम्मा गर्न समय लागेको बताउँदै आएको थियो ।

    • Bell Sanchar

    • ३० कार्तिक २०७९, बुधबार

काठमाडौं

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले १५ महिनापछि बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गरेको छ । पनिकाले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।

लामो समयसम्म परीक्षाको नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरुले त्रिविले विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै चाँडो नतिजा सार्वजनिक गर्न दबाव दिएका थिए ।

पनिकाले भने कोभिडका बेला विद्यार्थीको पायक पर्ने स्थानमा परीक्षा सञ्चालन गर्दा उत्तर पुस्तिका जम्मा गर्न समय लागेको बताउँदै आएको थियो ।

पनिकाले परीक्षा सार्वजनिक गर्दै नतिजामा स्थगन/अनुपस्थित देखिएका परीक्षार्थीहरुलाई अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई मंसिर १० गतेपछि पनिकाको मानविकी गोप्य शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित