अन्तिम समयमा दुई गोल गर्दा सेनेगलमाथि नेदरल्यान्ड्सको जित
अन्तिम समयमा दुई गोल गर्दा सेनेगलमाथि नेदरल्यान्ड्सको जित
    • Bell Sanchar

    • ६ मंसिर २०७९, मंगलवार

फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ।

सोमबार राति सकिएको खेलमा नेदरल्यान्ड्सले २-० गोलको जित निकालेको हो।

नेदरल्यान्ड्सका लागि कोडी गाप्कोले ८४ मिनेटमा पहिलो गोल गरेका थिए।

दोस्रो हाफको इन्जुरी टाइमको नवौं मिनेटमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पारेको थियो।

इन्जुरी टाइममा उसका लागि ड्याभी क्लासेनले  गोल गरे।

साताकाे चर्चित
सम्बन्धित