कार्तिक आर्यनको फिल्म ‘शेहजादा’ को टिजर सार्वजनिक (भिडि‌ओ)
कार्तिक आर्यनको फिल्म ‘शेहजादा’ को टिजर सार्वजनिक (भिडि‌ओ)
    • Bell Sanchar

    • ६ मंसिर २०७९, मंगलवार

 

बलिउड अभिनेता कार्तिक आर्यनको आगामी फिल्म ‘शेहजादा’ को टिजर सार्वजनिक भएको छ।

कार्तिकको जन्मदिनको अवसर पार्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा कार्तिक र कृति सेननलाई देख्न सकिन्छ।

यो फिल्मलाई रोहित धवनले निर्देशन गरेका हुन्।

भुषण कुमार, कृष्ण कुमार, एस राधा कृष्ण र अमन गिलको लगानी रहेको फिल्ममा कार्तिक र कृतिसँगै मनिषा कोइराला, परेश रावल, रोनित रोय, सचिन खेडेकरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा त्रिविक्रम श्रीनिभासले तयार पारेका हुन्।

यो फिल्म अल्लु अर्जुन अभिनीत फिल्म ‘अला वैकुन्ठपुरमलो’ को हिन्दी रिमेक हो। ‘अला वैकुन्ठपुरमेलो’ बक्स अफिसमा हिट सावित भएको थियो।

यो फिल्म फ्रेबुअरी १० देखि प्रदर्शन हुनेछ।

साताकाे चर्चित
सम्बन्धित