नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ आौं साधारणसभा सम्पन्न
नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ आौं साधारणसभा सम्पन्न

पत्रकारको सुरक्षा र संरक्षण राज्यने नै गर्नु पर्ने दायित्व रहेको महासंघ कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टराईले बताउनु भयो ।

    • उमेश बुढा

    • २२ मंसिर २०७९, बिहीबार

जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ आौं वार्षिक साधारणसभा तातोपानी धारामा बुधबार सम्पन्न भएको छ ।

नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ जुम्ला हो । तातोपानी गाउँपालिका २ स्थित पर्यटकीय क्षेत्र तातोपानी धाराको प्राङ्गणमा मङ्सिर २१ गते बुधबार सम्पन्न भएको हो । महासंघको आयोजना तथा तातोपानी गाउँपालिका जुम्लाको सहयोगमा सम्पन्न भएको छ। सम्मेलनले ७ बुढे घोषणा पत्र समेत जारी गरेको छ ।

राष्ट्रिय मिडियाको विज्ञापन स्थानीय स्तरकै मिडियामा सुचना प्रवाह गर्ने विषयमा महत्त्वपूर्ण रुपमा माग गरेको छ ।
ऐतिहासिक पर्यटकीय स्थान तातोपानीको पर्यटन प्रर्वधनको प्रचार प्रसारमा महत्त्व दिन यसको अति आवश्यकता र पुर्वधार निर्माणका लागि बृहत योजना रकमका लागि नेपाल सरकार ,कर्णाली प्रदेश र स्थानीय सरकारलाई नेपाल पत्रकार महासंघ शाखा जुम्ला र तातोपानी मिडिया सम्मेलन हार्दिक अपिल गर्दछ ।

जुम्ली पत्रकारको हक , हित र संरक्षण तथा पेशागत शुरक्षाको लागि थप प्रतिबद्दता गर्दछ ।
दुर्गमका पत्रकारलाई क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम र तालिमको व्यवस्था हुनु पर्नेमा जोड दिएकोछ ।

स्थानीय तहमा निर्माण गरिने संचार सम्बन्धि ऐन बनाउनमा सहजता तथा साझेदारी गर्न प्रेस स्वतन्त्रताको सुनिश्चिततामा सहयोग गर्न जुम्लाका स्थानीय सरकारसँग जारी घोषणा पत्रमार्फत माग गर्दछ ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र वहादुर शाहीका अनुसार पत्रकारका हक, अधिकार पेशागत सुरक्षाका लागि र तातोपानी धाराको पर्यटकीय प्रवर्धनमा जोड दिने उद्देश्यले महासंघको १९ आौं साधारणसभा तथा तातोपानी मिडिया सम्मेलनका आयोजना गरिएको हो ।

पत्रकारको सुरक्षा र संरक्षण राज्यने नै गर्नु पर्ने दायित्व रहेको महासंघ कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टराईले बताउनु भयो । उनले भने धेरै जोखिम अवस्थामा कार्य गर्दै आउनु परेको छ । यस विषयका लागि राज्यलाई ध्यानाकर्षण गर्दै आएकाछौं ।

विकास निर्माण र अन्य सहकार्यमा काम गर्दै आएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद आचार्यले बताए ।
उनका अनुसार जुम्ला पत्रकार महासंघसँग तातोपानी गाउँ पालिकाको पर्यटन र भाौतिक निर्माण लगायतका विषय सम्बन्धि सहकार्य हुदै आएकोछ ।

साताकाे चर्चित
सम्बन्धित