विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय खाली
विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय खाली
    • Bell Sanchar

    • २५ मंसिर २०७९, आईतवार

तनहुँ । व्यास नगरपालिका ११ राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्छिन् । तर अहिले सोनिकालाई विद्यालयमा भेट्न सकिदैन । उनलाई आजभोलि सुन्तला बगैँचामा मात्र भेट्न सकिन्छ ।

आमासँगै घर नजिकैको बगैँचामा सुन्तला टिप्न जाने गर्दा सोनिका विद्यालय जान नपाएकी हुन् । स्थानीय सूर्योदय प्राथमिक विद्यालयमा पढ्ने चेपाङ समुदायका करिब १९/२० विद्यार्थी आजभोलि विद्यालयमा नभइ सुन्तला बगैँचामा भेटिन्छन् ।

प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म अध्ययन हुने विद्यालयमा पढ्ने चेपाङ समूदायका विद्यार्थी घरको काम धन्दा आफैँ गर्नुपर्ने भएकोले विद्यालयमा आउँदैनन् । बुबा मजदूरी गर्न र आमा सुन्तला टिप्न हिँडेपछि घरमा खाना पकाउने र बालबालिका हेर्नुपर्दा आफूहरु विद्यालय जान नपाएको कक्षा ३ मा अध्ययनरत १० वर्षीय सुनिल चेपाङले बताए ।

‘बा काम गर्न गए, आमा सुन्तला टिप्न’, ढिला गरी विद्यालय पुगेका सुनिलले भने, ‘भात पकाउने काम गर्नु पर्दा स्कुल आउन ढिला हुन्छ । आमासँगै सुन्तला टिप्न गएको बेला त स्कुल आउनै पाइदैन ।’ आमासँगै आफू पनि सुन्तला टिप्न जादाँ दिनको रु दुई सय पारिश्रमिक पाउने गरेको सुनिलले बताए ।

साताकाे चर्चित
सम्बन्धित