जुम्लाको चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाको १२ आौं साधारणसभा सम्पन्न
जुम्लाको चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाको १२ आौं साधारणसभा सम्पन्न
    • उमेश बुढा

    • २७ मंसिर २०७९, मंगलवार

जुम्ला

जुम्लाको चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लघुवित्त शाखा कार्यलय नराकोटको १२ औं साधारणसभा मङ्गलबार सम्पन्न भएकोछ ।

उक्त सभामा ५ सय भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो । मानिसले जति आर्थिक कमायो त्यो रुपैयाँ घरमा पुरुषले जाँडरक्सी खाएर सिद्याउछन् । र कमाएको बचत हुन सकेको हुदैन बचत गरेर महिलाको जीवन माथि उकास्नको लागि मासिक रु १०० रुपैयाँले पनि महिलाहरुको बचत गर्न गाउँ टोलमा पुगेर बचत गराएकाछौं चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाकी अध्यक्ष दुर्गादेवी न्यौपानेले बताइन् ।

बैंकबाट सजिलै ऋणलिन र आर्थिक कारोवारमा झन्झट हुने भएको हुँदा चन्दनाथ संस्थाले महिलाहरुलाई सजिलो सेवा दिएको न्यौपानेले बताइन् ।

नराकोट शाखा प्रमुख धनकृष्ण न्यौपानेका अनुसार आर्थिक वर्ष २०७९ को असार मसान्तसम्म शाखाको जम्मा बचत १६ लाख ५८ हजार २ सय २४ रहेको र ऋण लगानी १५ करोड १ लाख १२ हजार ३ सय ३१ चन्दनाथ बहुउद्देश्यीय संस्था शाखा नराकोटको रहेकोछ ।

नराकोट शाखामा १ सय ३ केन्द्र शाखा रहेको र सदस्य संख्या २ हजार २ सय ३९ रहेको शाखा प्रमुख न्यौपाले बताए ।
उनका अनुसार नराकोट शाखामा ७ जना कर्मचारीले हिमा र सिजा गाउँपालिका हेरिरहेकोछौं ।

चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्था ४ ओटा प्रदेशका ३८ जिल्लामा लागू भइरहेकोछ । र सेवा केन्द्र ३१ रहेको जम्मा कर्मचारी १०५ रहेको २२ हजार ३ सय ७० सदस्य रहेको चन्दनाथ संस्था जुम्ला आइटी विभाग प्रमुख रत्नराज शाहीले बताए ।
मिनिमार्केट अर्गानिक पसल २ ओटा , सुफथ पसल २ ओटा र २ बोर्डिङ्ग स्कुल पनि सञ्चालन गरेको शाहीले बताए ।

चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाको प्रधान कार्यलय जुम्लामा रहेको छ । यो संस्थाले जुम्लामा फड्को मारेर अहिले देशका ३८ ओटा जिल्लामा अघि बढेको छ ।
अहिलेको साधारणसभा पछि एक व्यक्ति बराबर ५ लाख रुपैयाँ चलाउन संस्थाले दिनेछ ।
नगत रुपैयाँ नभएको खण्डमा पनि घरमा भएको उत्पादन बस्तु आलु , मकै, सिमि फापर लगायतका बस्तुबाट पनि आर्थिक बचत गर्ने गरकोछ ।
अबको केही वर्ष पछि सहकारीबाट बैंक बन्न लागेको छ ।

साताकाे चर्चित
सम्बन्धित