सिँजा गाउँपालिकामा लागूऔषध रोकथाम समन्धी : १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
सिँजा गाउँपालिकामा लागूऔषध रोकथाम समन्धी : १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
    • उमेश बुढा

    • १७ पुष २०७९, आईतवार

जुम्ला ।

प्रशासन कार्यलय जुम्लाको आयोजनामा सिँजा गाउँपालिकामा लागूऔषध रोकथाम नियन्त्रण सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सिजा गाउँपालिकाका प्रत्येक विद्यालयका प्रधानाध्याप , जनप्रतिनिधि ,पत्रकार र कर्मचारीसँग जिल्ला प्रहरी कार्यलय जुम्लाले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

डिएसपी नरेन्द्र चन्दका अनुसार जुम्लामा लागूऔषध मुख्य गरी विद्यार्थीहरुले प्रयोग गरेको देखिन थालेको हुँदा विद्यालयका प्रध्यानाध्यापकसँग बहस चलाएको हो ।

कक्षाकोठामा नियमित नहुनु , पढाईको स्तर घट्दै जानु , शरीरमा काटिएको रगत निलाडाम , चोट पटक देखिनु , शारीरिक रुपमा कुपोषण जस्तो देखिनु , स्वभाव र बोल्ने शैलीमा अचानक आउनु लगायतका लागूपदार्थको दुर्व्यसनीहरुका लक्षणहरु विद्यालयमा विद्यार्थीलाई देखिएमा त्यो विद्यार्थी कुलतमा लागेको पत्ता शिक्षक र अभिभावकले थाँहा पाउँछन् पहिला चन्दले बताए ।

मदिरा ऐन २०३१ स् कसैले पनि प्लास्टिकको पोका ९ पाउच ० मा मदिरा राखी मदिराको उत्पादन तथा विक्रिवितरण गर्नु हुदैन । कसैले पनि अठार वर्षको उम्मेरमा पुरा नगरेको व्यक्तिलाई मदिरा विक्रिवितरण नगर्ने प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले भने । यदी ऐन विपरीत काम गर्ने व्यक्तिलाई ६ महिना सम्म कैद वा एक लाख रुपैयाँ वा दुबै सजाय हुनेछ । र मदिराको सहयोग गर्ने जुनसुकै व्यक्तिलाई ३ महिना सम्म कैद पचास हजार रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने कानुनमा उल्लेख छ चन्दले बताए ।

सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धिताल भन्नु हुन्छ , पालिका भित्रका सुनसुकै व्यक्तिले मदिरा गरेको थाँहा पाएर प्रहरीले समातेमा मेरो मान्छे हो छोड्नु होस् भनिदैन , ऐनमा के उल्लेख छ त्यहीँ अनुसार प्रहरीले कार्वाही गर्नुहोस मेरो पनि साथ रहनेछ भने ।
विद्यालयमा शिक्षकले विद्यार्थीमा लागूपदार्थका लक्षण कुन विद्यार्थीलाई देखिन्छ र मदिरा सेवन कस्ले गर्छ महत्त्वपूर्ण निगरानी शिक्षकले गर्नु पर्ने धितालले बताए ।
शिक्षकले शिक्षण गर्ने बेला पुकार सुर्तीजन्य पर्दाथ मुखमा हालेर शिक्षण नगर्न पनि आग्र गरे । जे शिक्षकले गर्छन् त्यही विद्यार्थीले सिक्ने भएको हुँदा शिक्षले पनि विद्यार्थीको अगाडि मदिरा सेवन नगर्ने अनुरोध समेत धितालले गरे ।

पछिलो समयमा विद्यालय र ट्युवशन पढाइ भइरहेको स्थानमा लागूऔषध सेवन भइरहेको देखिन्छ । कक्षा ६ देखि १२ कक्षा सम्म पढ्ने विद्यार्थीले मदिरा पर्योग गरेको जुम्लामा देखिन्छ । यसलाई नियन्त्रण गर्नको लागि सिजा गाउँपालिका, जिल्ला प्रहरी कार्यलय , प्रशासन जुटिरहेको छ ।

लागूऔषधले जनधनको क्षतिसँगै शारीरिक र मानसिक रुपमा असर पुर्याएको हुन्छ ।

गाजाको बोट, गाजा , चरेस , अफिमको बोट र फुल र अफिमको चोप लागूऔषध उत्पादनका आधार हुन् ।

साताकाे चर्चित
सम्बन्धित