प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्डलाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्डलाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २

प्रधानमन्त्रीको पक्षमा २६८ परेको छ भने विपक्षमा २ जनाले मतदान गरेका छन् ।

    • Bell Sanchar

    • २६ पुष २०७९, मंगलवार

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको पक्षमा बहुमत परेको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घोषणा गर्नुभयो ।

प्रधानमन्त्रीको पक्षमा २६८ परेको छ भने विपक्षमा २ जनाले मतदान गरेका छन् ।

मतदानमा २७० उपस्थित भएका थिए ।

प्रधानमन्त्री दाहाललाई संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, लोसपा, जनमत लगायतका दलले मत दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ११ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दाहाललाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

दाहाल यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित