सुदूरपश्चिममा सभाको सभामुख चयन हुँदै
सुदूरपश्चिममा सभाको सभामुख चयन हुँदै
    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

धनगढी

सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ ।

सभामुख पदमा दुई जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत् चयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुख पदका लागि सत्ता साझेदार दलहरुको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ ।

५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तिमा २७ मत ल्याउनुपर्छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल हिजो नियुक्त भइसक्नु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित