विश्वकपपछि मेसीको पहिलो गोलमा पिएसजीमा
विश्वकपपछि मेसीको पहिलो गोलमा पिएसजीमा

पिएसजीको जितमा मेसी र ह्यूगो इकिटिकेले गोल गरे। 

    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

एजेन्सी

काठमाडौं

विश्वकपपछि आफ्नो खेलमा मेसीले गोल गरेपछि पिएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ।

गएराति एन्जर्सविरूद्ध घरेलु मैदानमा पिएसजीले २-० को सहज जित निकालेको हो।

पिएसजीको जितमा मेसी र ह्यूगो इकिटिकेले गोल गरे।

पाँचौ मिनेटमा इकिटिकेले गोल गर्दै  पिएसजीलाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा अग्रता दोब्बर पार्‍यो।

उसका लागि खेलको ७२ औं मिनेटमा मेसीले गोल गरे। यो उनको विश्वकपपछिको पहिलो गोल हो।

विश्वविजेता मेसीले विश्वकपपछिको आफ्नो पहिलो खेलमै गोल गर्न सफल भएका हुन्।

एम्बाप्पे बिदामा रहेको खेलको अन्त्यतिर इमारले गरेको गोल अफसाइड हुँदा पिएसजीले अग्रता बढाउने मौका गुमायो।

यो जितसँगै पिएसजीले लिगमा ६ अंकको अग्रता बनाएको छ।

गएराति नै दोस्रो स्थानमा रहेको लेन्सले स्ट्रासबर्गसँग २–२ गोलको बराबरी खेलेपछि पीएसजी लिग १ को शीर्ष स्थानमा ६ अंकले अग्रता बनाएको हो।

साताकाे चर्चित
सम्बन्धित