गृहमन्त्री रवि लामिछाने ,शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन सकेको छैन
गृहमन्त्री रवि लामिछाने ,शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन सकेको छैन
    • Bell Sanchar

    • ५ माघ २०७९, बिहीबार

काठमाडौं, उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य लगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्दै उनले  शिक्षा,स्वास्थ्यका विषयमा सरकारले आवश्यक नीति बनाउन चुकेको बताए। उनले सभामुख जस्तो गरिमामय पदलाई बचाउन आवश्यक रहेको भन्दै दलगत कुराभन्दा माथि उठेर आगामी दिनमा सभामुखले आफ्नो भूमिका निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने बताए।

‘यति धेरै लामो समयसम्म आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य लगायतका विषयमा संसदले त्यस्ता ऐन, कानून ल्याएर छलफल गर्नुपर्ने थियो यसमा विगतमा हामी धेरै चुक्यौ भन्ने लाग्छ,  दलबाट चुनिएर आए पनि दल भन्दा माथि उठेर पदको अस्तित्व बचाउन सक्नुहुन्छ भन्ने लाग्छौँ’, उनले भने, ‘लाभहानी हेरेर काम नहोस्। जनताका मर्म नभुलि काम गरौँ। त्यो पनि प्राथमिकता छुट्याएर।’
गृहमन्त्री लामिछानेले नेकपा एमालेबाट सभामुखका उम्मेदवार घिमिरेलाई प्रतिनिधि सभाको सभामुखमा विजयी गराउन सांसदहरुसँग् आग्रह गरे।

यसैबीच गृहमन्त्री लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिवद्धता व्यक्त गरे। उनले नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले फरार रहेका व्यक्ति संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उनले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताए। उहाँले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दबार प्रभावमा नपार्न आग्रह गरे।

‘फरार रहेका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो,  विधि र पद्धति भन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किदैन। यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ, विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ। गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन। हामीले विधि र पद्धति स्थापित गर्छौं भनेर देखाइरहनु पर्दैन, यो स्वतःसिद्ध छ,’ उनले भने।

साताकाे चर्चित
सम्बन्धित