सभामुख पदका लागि मतदान प्रक्रिया शुरू
सभामुख पदका लागि मतदान प्रक्रिया शुरू
    • Bell Sanchar

    • ५ माघ २०७९, बिहीबार

प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरू भएको छ।

सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो। सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली काँग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा छन्।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। यस्तै न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला छन्।

२ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ।

साताकाे चर्चित
सम्बन्धित