कर्णालीमा माओवादीले मन्त्री टुंग्यायो
कर्णालीमा माओवादीले मन्त्री टुंग्यायो
    • Bell Sanchar

    • ११ माघ २०७९, बुधबार

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना दुई मन्त्रीको नाम टुंगो लगाएको छ ।

प्रदेश सरकारको नेतृत्व समेत गरिरहेको माओवादीले सुर्खेतका कृष्णबहादुर जिसी र सल्यानका भीमप्रकाश शर्मालाई मन्त्री बनाउने भएको हो ।

यसअघि माओवादीबाट मुगुका मंगलबहादुर शाही विना विभागीय मन्त्री बनिसकेका छन् ।

जिसीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, शर्मालाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत र शाहीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाउने निर्णय गरिएको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका राजकुमार शर्माले २८ पुसमा माओवादी केन्द्रका शाही र एमालेका विनोदकुमार शाहलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शर्माले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नयाँ मन्त्रीहरुको आजै शपथ हुनेछ ।

नेकपा एमालेले पनि मन्त्रीको टुंगो लगाउने अन्तिम तयारी गरेको छ । नेताहरु छलफलमा जुटेका छन् ।

साताकाे चर्चित
सम्बन्धित