सिँजामा प्राविधिक शिक्षा स्थापना गर्न धितालको पर्यासले सिटिइभिटिले दियो स्वीकृत
सिँजामा प्राविधिक शिक्षा स्थापना गर्न धितालको पर्यासले सिटिइभिटिले दियो स्वीकृत
    • उमेश बुढा

    • १३ माघ २०७९, शुक्रबार

जुम्ला । जुम्लाको सिँजा गाउँपालिकामा प्राविधिक तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरद्वारा बहुप्राविधिक शिक्षालय स्थापना गर्न पालिका अध्यक्ष पुर्ण प्रसाद धितालको अथक पर्‍यास र मेहनतले सिटिइभिटिले स्वीकृत प्रदान गरेको छ ।

सिँजा गाउँपालिकाले प्राविधिक विद्यालयलाई जग्गा व्यवस्थापन र तत्कालका लागि चाहिने भौतिक पुर्णधार तथा आर्थिक श्रोत पालिकाले उपलब्ध गराउने गरी परिषदको आंगिक शिक्षालयको रुपमा सिँजा बहुप्राविधिक शिक्षालय स्थापनाको लागि स्वीकृत भएको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए ।

प्राविधिक शिक्षालय सिँजा गाउँपालिकामा स्थापना गर्नको लागि केन्द्रमा धेरै मेहनत र पर्यासका साथ सिटिइभिटिले विद्यालय खोल्नको लागि कार्य अगाडि बढाएको अध्यक्ष धितालको भनाईछ । सिँजा क्षेत्रका विद्यार्थी प्राविधिक शिक्षा आर्जन गर्न घर छोडेर टाढा जानु पर्ने र घर भन्दा बाहिर जाँदा खर्च वढी हुने हुँदा घर नजिकै बहुप्राविधिक शिक्षालयबाट पढेर सिजामा दक्ष जनशक्ति उत्पादन गरेर पालिकालाई सम्बृधी बनायर राष्ट्रलाई सहयोग गर्ने हेतुले शक्ति उत्पादन गर्ने उद्श्यले यो शिक्षाको स्थापना गर्न लागेको हुँ धितालले भने ।

बहुप्राविधिक शिक्षालाई चाहिने थप सहयोग गर्न सिँजाका नागरिकलाई अध्यक्ष धितालले अनुरोध गर्नु भएको छ । सुरुवातमा वन , कृषि र भेटनरी रहने र सिँजावासीको सहल्ला अनुसार अगाडि बढ्ने पनि धितालले बताए।

सिँजावासीको आवश्यकता अनुसार अब सिजामा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ ।
जनता र वुद्दृिजिवीको राय सहल्लाका साथ पालिका अगाडि बढ्ने छ ।

साताकाे चर्चित
सम्बन्धित