नेप्सेमा १४.६८ अंकको गिरावट
नेप्सेमा १४.६८ अंकको गिरावट
    • Bell Sanchar

    • १५ माघ २०७९, आईतवार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १४.६८ अंकले घटेको छ ।

आइतबार बजार परिसूचक नेप्से शून्य दशमलव ६७ प्रतिशतले गिरावट हुँदा २१६८.५३ बिन्दुमा बन्द भएको छ ।

२६७ धितोपत्रको ५१ हजार ९७३ वटा कारोबारबाट ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ ।

यसबाट ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।

आइतबार होटल र पर्यटन, जीवन बीमा उपसूचक हरियो देखिए भने अन्य सबै उपसूचक राताम्य देखिए ।

घटेको बजारमा पनि दुई वटा कम्पनीमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको मूल्य धेरैले बढेको हो । धेरै घट्नेमा समृद्धि फाइनान्स र सिभिल लघुवित्त वित्तीय संस्था रहे ।

साताकाे चर्चित
सम्बन्धित