दक्षिण भारतीय फिल्म ‘कान्तारा’ को प्रिक्वेल बन्ने
दक्षिण भारतीय फिल्म ‘कान्तारा’ को प्रिक्वेल बन्ने
    • Bell Sanchar

    • २४ माघ २०७९, मंगलवार

काठमाडाैं, ऋषभ शेट्टीकाे लेखन, निर्देशन तथा अभिनय रहेकाे कन्नड फिल्म ‘कान्तारा’ ले बक्स अफिसमा सफलता हासिल गरेको थियो।

यो फिल्मले भारतमा मात्र नभई विश्वभरबाट चर्चा कमाएको थियो।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले विश्वभरबाट ४५० करोड भारू कमाइ गरेको थियो। यो फिल्मले सफलता हासिल गरेसँगै प्रिक्वेलको घोषणा गरिएको छ।

हालै ‘कान्तारा’ ले रिलिजको १०० औं दिन मनाएको छ। सोही अवसरमा निर्देशक ऋषभले कान्ताराको प्रिक्वेल बनाउने घोषणा गरेका हुन्।

‘कान्तारालाई माया दिनुहुने दर्शकप्रति आभारी छु। यस फिल्मले सफलतापूर्वक १०० दिन पूरा गरेको छ। म यसै अवसरमा कान्ताराको प्रिक्वेल घोषणा गर्छु।

तपाईंहरूले हेर्नुभएको कान्तारा भाग २ हो। भाग १ अर्काे वर्ष आउनेछ,’ उनले भने।

हाल कान्ताराको प्रिक्वेलबारे अनुसन्धान चलिरहेको छ।

‘कान्ताराको छायांकन गर्दा मेरो दिमागमा प्रिक्वेल बनाउने सोच आएको हो। किनकी कान्ताराको इतिहासमा धेरै गहिराइ छ, अहिले हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

होम्बले फिल्म्स ब्यानरमा बन्ने कान्ताराको प्रिक्वेललाई विजय किरागन्दुर र चालुवे गौडाले निर्माण गर्नेछन्। यस फिल्ममा पनि ऋषभ शेट्टी मुख्य भूमिकामा देखिनेछन्।

साताकाे चर्चित
सम्बन्धित