यस्तो छ सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ को टिजर (भिडिओ)
यस्तो छ सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ को टिजर (भिडिओ)
    • Bell Sanchar

    • २९ माघ २०७९, आईतवार

काठमाडाैं । सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ को टिजर सार्वजनिक भएको छ।

शुक्रबार म्युजिक डटकमको युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।

लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी’ जारी प्रथामा आधारित छ।

टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा राजबहादुर सानेको रहेको छ भने पटकथा तथा संवादका लागि सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन्।

शिव ढकालले छायांकन गरेकाे फिल्मलाई अर्जुन जिसी र निर्देशक सुनारले सम्पादन गरेका हुन्।

यो फिल्म वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ।

साताकाे चर्चित
सम्बन्धित