हिमा सरकारले पुरानै शैक्षिक सत्र लागू गर्ने
हिमा सरकारले पुरानै शैक्षिक सत्र लागू गर्ने
    • उमेश बुढा

    • ७ फाल्गुन २०७९, आईतवार

जुम्लाको हिमा गाउँपालिकाले शैक्षिक सत्र फागुन बाटै लागू गर्ने हिमा गाउँ कार्यपालिकाले निर्णय गरेको छ ।

संघीय सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशका ७७ वटै जिल्लामा रहेका विद्यालयलाई बैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने सार्वजनिक सुचना जारी गरेता पनि हिमाली जिल्लाका विद्यालयहरुका लागि अनुकुल हुन नसक्ने हुँदा हिमा गाउँपालिकाले फागुनदेखि नै शैक्षिक सत्र सञ्चालन गर्ने भएको छ ।

जुम्ला जिल्लाको हकमा पुष १० गतेदेखि २५ सम्म बिदा हुने र बिदा सकिए लगतै नयाँ शैक्षिक सत्र सुरु हुने गरेको छ ।

मानव संसाधन विकास केन्द्रले ०७९ माग ६ गते देशै भरी विद्यालयहरु लाई २०८० सालको शैक्षिक सत्र बैशाख १ गतेदेखि लागू गर्ने निर्देशन दिएको थियो । तर सो निर्णय हिमाली जिल्लाको लागि शैक्षिक सत्र अनुकुल नहुने हिमा गाउँपालिकाले ठहर गरेको छ ।

पुष १० गते अगाडि नै वार्षिक परिक्षा सञ्चालन गरिएको हुँदा विद्यालय सुरु हुने बितिकै नयाँ शैक्षिक शत्र लागू गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्षमण शाहीले बताए ।

हिमा गाउँपालिका प्रत्येक विद्यालयका प्राधानाध्यापकको राय सहल्ला अनुसार पुरानै शैक्षिक शत्र अनुसार विद्यार्थी भर्ना लिने निर्णय भएको छ ।

हिमामा पाठ्यपुस्तक समयमा विद्यार्थीको हातहातमा पुर्‍याउनको लागि सम्बन्धित सरोकारवालालाई पहल गरेको छु अध्यक्ष शाहिको भनाइ छ ।
उनले भने , कक्षा १० सम्म स्थानीय सरकारको जिम्मेवारी कर्तव्यमा राखेको छ । त्यहीँ अनुसार हिमा सरकारले शैक्षिक शत्र चालू गरेको हो । तर शैक्षिक शत्र निधारण भने संघीय सरकारले गर्नु राम्रो होइन ।

बैशाखदेखि शैक्षिक शत्र हिमाली जिल्लाका लागि अनुकूल छैन् ।

साताकाे चर्चित
सम्बन्धित