महङ्गी, भ्रष्टाचार, र वित्तीय संस्थाहरुकाे ज्यादतीका विरुद्ध नेकपाद्वारा देशव्यापी प्रदर्शन (भिडियो सहित)
महङ्गी, भ्रष्टाचार, र वित्तीय संस्थाहरुकाे ज्यादतीका विरुद्ध नेकपाद्वारा देशव्यापी प्रदर्शन (भिडियो सहित)
    • Bell Sanchar

    • १५ फाल्गुन २०७९, सोमबार

काठमाडौं 

नेपाल कम्युनिस्ट पार्टीले मुलुकमा आकासिँदै गएको महङ्गी, भ्रष्टाचार र वित्तीय संस्थाहरुकाे ज्यादतीका कारण आम सर्वसाधारण नागरिकको दैनिकी निकै कष्टकर बन्दै गएको भन्दै आज देशव्यापी जनप्रदर्शन गरेको छ ।

खाद्यान्न, तरकारी, यातायात भाडा, दुध, फलफूल लगाएत जनजीवनका दैनिक वस्तु तथा सेवाहरुको मुल्य छोई नसक्नु भएको र बैंक तथ वित्तीय संघ/ संस्थाहरुको महङ्गो ब्याजदर र मिटर ब्याजीको कारण उद्योगी, व्यावसायी, किसान र मजदुर लगायत आम सर्वसाधारणहरुलाई आत्महत्याको स्थिति समेत उत्पन्न गराएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आज देशभर विरोध प्रदर्शन गरेको हो ।

पछिल्लो पटक मुल्यबृद्धि, बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदर, मिटर ब्याज र भ्रष्टाचार लगाएतका अर्थतन्त्रको क्षेत्रमा देखिएका समस्याहरुले गर्दा मजदुर, किसान, उद्योगी, व्यापारीहरु सडकमा आउने स्थिति आएको भन्दै त्यसका विरुद्ध नेकपाले देशभर प्रदर्शन गरेको जनाएको छ ।

विरोध प्रदर्शनमा बढ्दो महंगी नियन्त्रण गर, बैंक वित्तीय संस्थाहरुको आतंक बन्द गर, भ्रष्टाचार नियन्त्रण गर्न, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नारा लगाएका थिए । जनताका जनजीविकासँग जोडिएका विषयलाई राज्यले सहज तुल्याउनु पर्ने नेकपाे माग गर्दै चरणबद्ध आन्दाेलन गर्दै आएकाे छ

हेनुहोस् तस्विर हरु :

 

साताकाे चर्चित
सम्बन्धित