सिँजा गाउँपालिकाले सांसद लामालाई ज्ञापनपत्र बुझायो
सिँजा गाउँपालिकाले सांसद लामालाई ज्ञापनपत्र बुझायो
    • उमेश बुढा

    • १६ फाल्गुन २०७९, मंगलवार

जुम्ला

जुम्लाको सिँजा गाउँपालिकाले प्रतिनिधि सभा जुम्ला सांसद छिरिङ लामालाई ज्ञापनपत्र बुझाएको छ ।

सिँजा गाउँपालिकामा सांसद लामालाई स्वागत गर्दै ज्ञापनपत्र पालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बुझाउनु भएको हो ।

सिँजामा भएको प्राकृतिक सम्पदालाई कसरी संरक्षण र जगेर्ना गर्ने , बाढिपहिरोले भौतिक संरचनाको यस पालिकामा ठुलो क्षति पुर्याएको हुँदा विकासमा सांसदको पनि भुमिका रहने आसा गरेको अध्यक्ष धितालले बताए ।

उनका अनुसार सिँजामा नापी मालपोत ,सित भण्डार , राष्ट्रिय वार्णिज्य बैंक , रङ्गशाला , खस संग्रहालय , केदारनाथ पर्यटकिय मन्दिर निर्माण , लेकाली ग्रामीण सड्क , विद्युत जडान लगायतका विकासका कार्यको ज्ञापनपत्रमा लेखेर सांसदलाई बुझाइएको छ ।

सो कार्यक्रममा सांसदलाई स्वागत गर्दै प्रत्येक वडाका वडा अध्यक्षले आफ्नो वडाको विकासमा वडाले नसकिने कार्यको विकास गर्न सांसदलाई ध्यानाकर्षण गराउनु भएको छ ।
स्वागत कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी , पत्रकार , सुरक्षा कर्मीको उपस्थिति रहेको थियो ।

मलाई जसरी सिँजा पालिकाले स्वागत गर्‍यो त्यसरी महिले पनि स्वागत गर्ने योजना ,बजेट र पहलको बाटोमा लाग्ने छु सांसद लामाले बताइन् ।
अहिले म ठुलै विकास गर्छु भन्दिन तर महिले सांसदले गर्नु पर्ने जति सक्दो सहयोग सिँजा पालिकालाई गर्ने छु लामाले भनिन् ।

स्थायी रुपमा खानेपानी बनाउनु पर्ने र लक्षित वर्गको जीवन उकास्नको लागि पहल गर्नु पर्ने पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित