राष्ट्रपति निर्वाचनमा मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजात सम्बन्धमा निर्णय
राष्ट्रपति निर्वाचनमा मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजात सम्बन्धमा निर्णय
    • Bell Sanchar

    • १९ फाल्गुन २०७९, शुक्रबार

निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा मतदाताले प्रयोग गर्ने परिचय पत्र सम्बन्धमा निर्णय गरेको छ।

शुक्रबार आयोगले मतदाताले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजात सम्बन्धमा निर्णय गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

उक्त निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्यले मतदान गर्छन्।

तर त्यसको लागि निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने उल्लेख छ।

ती मतदाताहरूले मतदानको दिन मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्रमध्ये जुनकुनै कागजातका आधारमा पनि मतदान गर्नसक्ने व्यवस्था छ।

 

साताकाे चर्चित
सम्बन्धित