प्रविण बेडवाल र रचना रिमालको स्वरमा ‘पानी दर्केर’ बोलको गीत सार्वजनिक (भिडिओ)
प्रविण बेडवाल र रचना रिमालको स्वरमा ‘पानी दर्केर’ बोलको गीत सार्वजनिक (भिडिओ)
    • Bell Sanchar

    • ३ चैत्र २०७९, शुक्रबार

काठमाडौं ।प्रविण बेडवाल र रचना रिमालको स्वरमा ‘पानी दर्केर’ बोलको गीत सार्वजनिक भएको छ।

शुक्रबार चिन्तामणि सिवाकोटीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा वैदेशिक रोजगारमा जानेको पीडा देखाइएको छ।

चिन्तामणि सिवाकोटीको शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् भने संगीत संयोजन सुरज श्रेष्ठको छ।

सुनिल विकले निर्देशन गरेको म्यूजिक भिडिओमा वर्षा सिवाकोटी र प्रकाश सपुतलाई दम्पतीको रूपमा प्रस्तुत गरिएको छ।

गीतमा उनीहरूसँगै प्रविष्टी सपुत, अपिल ढकाल, खेम नेपाली घर्ती, कृष्ण ढुंगानाको अभिनय छ।

मनकृष्ण महर्जनले छायांकन गरेको म्यूजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका हुन्।

 

साताकाे चर्चित
सम्बन्धित