अमेरिकी डलरको भाउ घट्यो
अमेरिकी डलरको भाउ घट्यो
    • Bell Sanchar

    • ५ चैत्र २०७९, आईतवार

राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २९ पैसा घटेको हो।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ १९ पैसा र बिक्रीमा १४० रुपैयाँ ८२ पैसा पाइन्छ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६० रुपैयाँ ६९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १० पैसा र बिक्रीमा ९६ रुपैयाँ ५४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ३८ पैसा र बिक्रीमा २९ रुपैयाँ ५२ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३ पैसा तोकिएको छ।

साताकाे चर्चित
सम्बन्धित