जनताले साथ दिए भ्रष्टचारीलाई कालाे मुसाे दल्छौं क. संगम सी
जनताले साथ दिए भ्रष्टचारीलाई कालाे मुसाे दल्छौं क. संगम सी
    • उमेश बुढा

    • १० चैत्र २०७९, शुक्रबार

जुम्ला ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी (विप्लव ) पार्टीले कनकासुन्दरीको गोटिज्युला बजारमा खुल्ला अनौपचारिक कार्यक्रममा जनताले साथ दिए भ्रष्टचारीलाई कालो मुसो दल्छौं , उत्तर कर्णाली व्युरो इन्चार्ज संगम सीले बोल्नु भयो ।

उपभोक्ता , ठेक्का , जनप्रतिनिधि , प्रहरी , अदालत लगायत जुनसुकै ठाउँमा भ्रष्टाचार मौलाएको छ इन्चार्ज सीले भने , जनता एकजुट भएर उठौं भ्रष्टाचारीलाई कालो मुसो दल्ने काम हाम्रो पार्टीले गर्छ ।

विकासको नाममा कमिसन खाने दलालहरुलाई अन्त्य गर्नको लागि फेरि यो देशमा जनता एकजुट भएर लड्नु आवश्यक देखिएको सीले बताए ।

माओवादी केन्द्र , एमाले ,काङ्ग्रेस लगायतका पार्टी राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्यायौं भन्छन् तर राजा मात्र हटाएका छन् , शासन त हटेको छैन । राजतन्त्र भन्दा राणा शासन जस्तो अहिले देश चलेको छ ।

पुजीवादी सरकार जनताको करले भ्रष्टचार गरिरहेका छन् । कुनैदिन जनताको हातबाट जनताले कालो मुसो दल्छन् त्यो पनि ध्यानमा राखेर देश चलाऊँ सीले भने ।

कनकासुन्दरी गाउँ पालिकाको गोटिज्युला बजारको कर्णाली राजमार्ग नाग्म गमगडी जाने सड्कको बिचमा कार्यक्रम भएको हो । साँस्कृतिक कार्यक्रम पनि रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित