सेयर बजार लगातार तेस्रो दिन पनि घट्यो
सेयर बजार लगातार तेस्रो दिन पनि घट्यो
    • Bell Sanchar

    • २१ चैत्र २०७९, मंगलवार

काठमाडौं ।

सेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । मंगलबार ५.२० अंकले घटेको सेयर बजार १८६६.६८ विन्दुमा झरेको छ ।

कारोबार रकम समेत १ अर्ब भन्दा कममा समेटिएको छ ।

मंगलबार २६४ धितोपत्रको २३ हजार १७० वटा कारोबारबाट २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार उपसूचकहरुमा मिश्रित नतिजा देखिएको छ । बैंकिङ, इन्भेष्टमेन्ट, जीवन बीमा, उत्पादन तथा लागत निर्जीवन बीमा र अन्य सवइन्डेक्सको मूल्य घटेको छ ।

मंगलबार कालिञ्चोक दर्शन प्रालिको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर २५७.८० रुपैयाँ पुगेको छ ।

सानिमा ग्रोथ फण्डको मूल्य ८.९३ प्रतिशतले बढेको छ । प्रभु बैंक डिभेन्चरको मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले घटेको छ ।

शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, सिद्धार्थ प्रिमियर इन्स्यारेन्सससहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

जबकि यो वर्षका लागि ८ लाख ४१ हजार जनाले स्थानीय तहको रोजगार सेवा केन्द्रमा आफूलाई बेरोजगारका रुपमा सूचीकृत गराएका छन् ।

अहिलेसम्म ७५३ मध्ये ६५८ वटा स्थानीय तहले आयोजना तथथा कार्यक्रम स्वीकृत गरेर रोजगारी दिने योजना बनाएका छन् ।

रोजगारीका लागि भनेर ल्याइएको प्रधानमनत्री रोजगार कार्यक्रम सुरुदेखि नै आलोचित छ।

सरकारले पछिल्ला वर्षमा बजेट घटाउँदै लगेपनि विपन्न परिवारका बेरोजगार नागरिकलाई ज्यालादारीमा केही दिनको भएपनि काम दिने उद्देश्यसहित यो कार्यक्रम स्थानीय तहमार्फत् चलिरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित