२३६ जना जाँच गर्दा २१ जनालाई मोतिबिन्दु शल्यक्रियाको लागि रिफर गरियो
२३६ जना जाँच गर्दा २१ जनालाई मोतिबिन्दु शल्यक्रियाको लागि रिफर गरियो
    • उमेश बुढा

    • २८ चैत्र २०७९, मंगलवार

जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा २ सय ३६ जना आँखामा समस्या भएका लाई चेकजाँच गर्दा २१ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नु पर्ने हुँदा कनकासुन्दरीको हाडसिजा स्वास्थ्य चौकीमा रिफर गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाको आयोजनामा, नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, नेपाल नेत्रज्योति संघ राप्ति आँखा अस्पताल दाङ्गको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्ला संयोजक मिना आचार्यले बताउनु भयो ।

सिँजा गाउँपालिकामा आँखा चेकजाँच गरेर २१ जना मोतिबिन्दुको शल्यक्रिया गर्ने छनोट देखिएका छन् उनले भनिन, सो व्यक्तिलाई मिति २०८० साल बैशाख ९ र १० गते कनकासुन्दरीको हाड सिँजा स्वास्थ्य चौकीमा रिफर गरिएको आचार्यले बताइन् ।

शल्यक्रिया गर्दा निशुल्क गरिने र मोतिबिन्दु शल्यक्रिया गर्नु पर्ने विरामीहरुले आफ्नो ओढ्ने ओछ्याउने लुगा र खानाको आफैले व्यवस्था गर्नु पर्ने सुचनामा उल्लेख गरिएको छ।

यसरी घर नजिकै आँखा चेकजाँच गर्न पाउँदा र छनोट गरेर नजिकै रिफर हुन पाउँदा शल्यक्रिया गर्ने आँखाका विरामी खुसी भएको बताउँछन् । नराकोट स्वास्थ्य चौकीमा १ दिने आँखा शिविर सञ्चालन भएको थियो । नाम दर्ता गर्दा रु ५० रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित