शानदार जितेपछि रविले भने : सबैको प्यारो नेता हुन मन छ
शानदार जितेपछि रविले भने : सबैको प्यारो नेता हुन मन छ
    • Bell Sanchar

    • १२ बैशाख २०८०, मंगलवार

चितवन ।

चितवन २ बाट दोस्रोपटक पनि शानदार मतले जितेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नवनिर्वाचित सांसद रवि लामिछानेले आफूलाई सबैको प्यारो नेता हुने इच्छा भएको बताएका छन् ।

चुनावी सभालाई चितवनमा सम्बोधन गर्दै रविले आफूलाई मत दिने र नदिने सबैको प्रिय नेता बन्ने इच्छा भएको बताएका हुन् ।

‘दुःखमा म रोइन तर चितवनबासी रोइदिनुभयो । यो हाम्रो लागि सौभाग्यको कुरा हो । हामीले मान्यौं खुट्टा टेक्यौं ।

अर्को सर्वाधिक मतान्तरले विजयी भएका छौं । जुनसुकै उम्मेदवारलाई भोट हाल्नुभएको भए पनि म सबैको हुन चाहन्छु’ रविले भने, ‘मलाई भोट हाल्ने मात्रै होइन सबैको नेता हुन चाहन्छु ।

सबैको प्यारो नेता हुन मन छ, सबैको मनभित्र बस्न मन छ ।’

चितवनलाई उन्नत शहर बनाउने उनले बताए । अहिले पनि आफ्नो प्राथमिकता इच्छाकामना  गाउँपालिका भएको उनले बताए ।

‘चेपाङ बालबालिका शिक्षाको अवसरबाट बञ्चित छन् । बत्ति छैन, पानी आउँदैन’ उनले भनेका छन्, ‘यसैले कहाँ कति भोट आयो भन्ने हिसाब गर्ने छैनौं ।

आवश्यकताको आधारमा विकासको एजेण्डा तय गर्छौ । सबैको घरघरमा पुग्न नसके पनि हामीले बनाएको नीति घरघरमा पुर्याउनेछौं ।’

आफ्नो दुष्मन प्रतिस्पर्धी दल नभएको भन्दै भ्रष्टाचार र पछौटेपन भएको रविले बताए ।

नयाँ दलकारुपमा सच्चिने र सिक्दै जाने उनले बताए । निर्वाचनका क्रममा शुभेच्छुकले महिलालाई अश्लील गाली गरेकोमा उनले माफी पनि मागे ।

साताकाे चर्चित
सम्बन्धित