गृहमन्त्री श्रेष्ठ ,ओलीलाई लक्षित गरेर ढुंगामुढा गर्नेलाई पक्राउ गरिसक्यौं
गृहमन्त्री श्रेष्ठ ,ओलीलाई लक्षित गरेर ढुंगामुढा गर्नेलाई पक्राउ गरिसक्यौं
    • Bell Sanchar

    • १३ बैशाख २०८०, बुधबार

काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको बताएका छन् ।

बुधबार झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको बताए ।

‘कोशी नामकरणमा विरोृध राख्ने समूहले कालोझण्डा प्रदर्शन गर्ने केही अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा गर्ने काम भएको छ ।

सरकारको तर्फबट दुख व्यक्त गर्न चाहन्छु’ उनले भने, ‘ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । यस क्रममा दुई जना प्रहरीहरु घाइते भएका छन् ।

’प्रहरीले सकारात्मक भूमिका खेलेपछि ओली सहभागी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र उनी इलामतर्फ प्रस्थान गरिसकेको पनि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित