कनकासुन्दरीको स्वास्थ्य शाखाले नर्सिङ कर्मचारीलाई दियो स् क्लिनिक मेन्टोरिङ अन साइड कोचिङ
कनकासुन्दरीको स्वास्थ्य शाखाले नर्सिङ कर्मचारीलाई दियो स् क्लिनिक मेन्टोरिङ अन साइड कोचिङ
    • उमेश बुढा

    • १५ बैशाख २०८०, शुक्रबार

 जुम्ला

बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीलाई क्लिनिक मेन्टोरिङ र अन साइड कोचिङ तालिम कनकासुन्दरी स्वास्थ्य शाखाले दिएको छ ।

नवजात शिशुको मृत्युदर घटाउनका लागि र गर्भवती सुत्केरी अवस्थामा दिने विभिन्न स्वास्थ्य सेवाहरु गुणस्तर बनाउनका लागि सो तालिम सञ्चालन गरेको कनकासुन्दरी स्वास्थ्य शाखा सहसंयोजक छाया घर्तीले बताउनु भयो ।

आमा र शिशुलाई खतराबाट बचाउनको लागि स्वास्थ्य कर्मीलाई क्लिनिक मेन्टोरिङ र अन साइड कोचिङ तालिम दिएको घर्तीले बताइन् ।

कनकासुन्दरी गाउँपालिकामा रहेका ५ ओटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ स्वास्थ्य कर्मीलाई ९ दिन सम्म तालिम दिएको प्रशिक्षक मायाँ बुढाले बताइन् ।

कनकासुन्दरी स्वास्थ्य शाखाको आयोजना र पालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको बुढाले बताइन् ।

नवजात शिशुको मृत्युदर घटाउनको लागि र सुत्केरी, गर्भवती महिलाई खतराबाट बचाउनको लागि प्रत्येक वर्षमा तालिम दिदै आएको कनकासुन्दरी स्वास्थ्य शाखाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित