कनकासुन्दरीमा रोजगार कार्यक्रम १० काम सम्पन्न ७ काम निर्माणधिन हुँदै
कनकासुन्दरीमा रोजगार कार्यक्रम १० काम सम्पन्न ७ काम निर्माणधिन हुँदै
    • उमेश बुढा

    • १६ बैशाख २०८०, शनिबार

जुम्ला ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कनकासुन्दरी गाउँ पालिकामा १० ओटा विकास निर्माणका काम सम्पन्न भएको र ७ ओटा काम निर्माधिन हुँदै छन् ।

आर्थिक वर्ष २०७९ र ०८० को कुल बजेट १ करोड १ लाख १५ हजारले १७ ओटा विकासे काम सञ्चालन गर्दै आएको छ ।

कनकासुन्दरी गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमका आयोजनाहरु स् चिन्डेखोला तलिगाउँ गोरेटोबाटो वडा ४, आवि धोविघाट र आवि साउवाडा पर्खाल निर्माण वडा ४, टापुज्युला तटबन्ध निर्माण वडा ५, तल्लो रानिसैन देखि खिच्ने विद्यालय सम्म ढुङ्गा बिच्छाउने वडा ७, चुतीखेल्ना सार्कीवाडा ल्वारवाडा , दमाईवाठा पिसिसि बाटो वडा ८ र बैदारवाडा खानेपानी मर्मत तथा ढल निकास वडा ७ यि काम निर्माधिन हुँदै गरेको कनकासुन्दरी गाउँपालिका रोजगार शाखा संयोजक हंसराज न्यौपानेले बताउनु भयो ।

चौखी ग्राविल वडा ४ , लुम , जाडेलवाडा र ओखरपाटा पिसिसि बाटो वडा ३, जचौरी पछाई कुलो निर्माण वडा ६, घोडेखोला राजमार्ग देखि पुनिलेख सम्म बाटो निर्माण वडा २, मैपानी देखि, कटुकेजुर सम्म बाटो वडा १ र बुम्रगाउँबाट आरसे ढुंगा हुँदै ढिमढिमे जाने बाटो वडा १ यि काम सम्पन्न भएको र नवदुर्गा आवि भवन मर्मत तथा पर्खाल निर्माण वडा ३ र बाविरा बुढुमष्टा मन्दिर निर्माण वडा ६ मा काम

सम्पन्न भएर भुक्तानी लिइसकेको संयोजक न्यौपानेले बताए ।

राजगार कार्यक्रमका कामहरु केहि सम्पन्न भएका छन् भने, बाँकी काम निर्माधिन हुदै गरेका काम पनि जेठ महिनामा सक्ने लक्ष्य राखेको रोजगार शाखाले जनाएको छ ।

कनकासुन्दरी गाउँ पालिकामा रोजगार शाखाले जनताको आवश्यकता र गर्नै पर्ने कामहरु गर्दै आएकोले पालिका भित्रका नागरिक खुसी भएका छन् ।

कामहरु सम्पन्न गरेकाले पनि भुक्तानी लिनको लाई बैंकमा खाता खोल्नमा समस्या भएकोले भुक्तानी लिन सकिरहेका छैनन् न्यौपानेले भने, आर्थिक वर्ष नसकिदै अगावै सबै रोजगारका कामहरु सक्छौ उनको भनाई छ ।

रोजगार कार्यक्रममा वडाका टोल बस्तिहरुबाट विपन्न, गरिब व्यक्ति छनोट गरेर व्यरोजगारीलाई रोजगार दिने उद्श्यले कार्यल सञ्चालन गरेको रोजगार शाखाले जनाएको छ ।
एक जना व्यक्तिले ५० दिन काम गर्नु पर्ने र ५० दिनमा २८ हजार ८ सय ५० रुपैयाँ कमाएका छन् काम गरेको रुपैयाँ सिदै कामदारको खादामा आउने गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले कनकासुन्दरीमा विकासको ठुलो फट्को मारेको देखिन्छ । यता लोकपृय काम गर्दै आएकोले कनकासुन्दरी वासी विकास भएको अनुभुती महशुस गरेका छन् ।

पालिकामा ३ सय ५० जना व्यरोगार युवाले रोजगार पाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित