ओलीमाथि आक्रमणको प्रयास भएको भन्दै सो पार्टीले विरोध जनाए
ओलीमाथि आक्रमणको प्रयास भएको भन्दै सो पार्टीले विरोध जनाए
    • Bell Sanchar

    • १७ बैशाख २०८०, आईतवार

काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको भन्दै सो पार्टीले विरोध जनाएको छ ।

पार्टीको कोशी प्रदेश र मातहतका कमिटीले आज पत्रकार सम्मेलन गरी विरोध जनाएका हुन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेमा एमालेको ग्रासरुट अभियानको समीक्षा बैठकका क्रममा पार्टीको १४ जिल्ला कमिटी र प्रदेश कमिटीले संयुक्त विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन् ।

जिल्ला तथा प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले अध्यक्षमाथि भएका हिंसात्मक क्रियाकलापप्रति आपत्ती जनाए ।

पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले सरकार निकट व्यक्तिलाई बेवास्ता गर्ने र अध्यक्ष ओलीलाई मात्र आक्रमण गर्न खोजिएकाले यसको विरोध गरिएको टिप्पणी गरे ।

एमाले पहिचानकै पक्षमा रहेकाले कोशी प्रदेशभित्रै पहिचानलाई समेटेर लगिने उनको भनाइ थियो ।

साताकाे चर्चित
सम्बन्धित