अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको आरोप
अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको आरोप
    • Bell Sanchar

    • ४ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको आरोप लगाएका छन् ।

बिहीबार राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणको विरोधमा गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले जनता बेच्ने भ्रष्टाचारमा ठूला दलहरुको सहमति भएको टिप्पणी गरेका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन चालिएको प्रकरणले विश्व जगतमा नेपालको बद्नाम भएको पनि लिङ्देनको भनाइ छ ।

‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठूला दलको सर्वदलीय सहमति देखिएको छ ।

यो भन्दा निक्रिष्ट भ्रष्टाचार के हुनसक्छ ? भ्रष्टाचारको पनि तल्लो तहको भ्रष्टाचार यो भन्दा अरु के हुनसक्छ ? आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला ?’ लिङ्देनले प्रश्न गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरण नेपाल प्रहरीको जोडबलमा र विदेशीहरुको चासोमा मात्र अगाडि बढेको उनको जिकिर छ ।

उनले यो काण्डको अनुसन्धान पूर्ण नभइकन फाइल अदालतमा जाने दिशामा रहेको पनि आशंका गरे ।

‘यो काण्ड पनि नेपाल प्रहरीको जोडबलमा विदेशीहरुको चासोमा अगाडि बढेको छ ।

यो पनि अनुसन्धान पूर्ण नभइकन फाइल अदालतमा जाने दिशामा छ ।

यो भ्रष्टाचार अर्ब खर्बको भ्रष्टाचार भयो भन्ने मात्र होइन यो राज्यद्रोह र राज्य विरुद्धको अपराध हो ।

त्यस कारण यो अपराधमा कुनैपनि मानिसहरुले उन्मुक्ति पाउनु हुँदैन’ उनले भने ।

लिङ्देनले विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने धारणा राखे ।

साताकाे चर्चित
सम्बन्धित