राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सिँजाको नराकोटमा सुरु
राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सिँजाको नराकोटमा सुरु
    • उमेश बुढा

    • २९ असार २०८०, शुक्रबार

जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा राष्ट्रिय वाणिज्य बैंक सञ्चालन भएको छ ।

नेपाल राष्ट्र बैंकबाट ( क ) वर्गको इजाजतपत्र प्राप्त संस्था हो । राष्ट्रिय वाणिज्य बैंक सिँजा काउण्टर सुरु भएको राष्ट्रिय वाणिज्य बैंक जुम्ला शाखा सहायक प्रबन्धक भवानी प्रसाद पौड्यालले बताउनु भयो ।

नराकोट काउण्टरबाट सिँजा क्षेत्र लगायत छिमेकी जिल्ला मुगु , कालिकोट र बाजुराका नागरिकहरुले राजस्व देखि बैङकिङ सेवा लिन पाउने छन् प्रबन्धक पौड्यालले बताए ।

सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धिताल भन्नु हुन्छ , धेरै मिहेनत र पर्‍यासका साथ राष्ट्रिय वाणिज्य बैंक नराकोमा ल्याएर सेवा कार्य सञ्चालन गरेका छौं ।

अब देखि सिँजा क्षेत्रमा पर्ने हिमा , सिँजा र कनकासुन्दरी गाउँपालिका लगायतका छिमेकी जिल्ला बाजुरा , मुगु र कालिकोटले पनि यो नराकोट काउण्टरबाट राजस्वमा कर तिर्ने , मोवायल बैङकिङ , एटिएम कार्ड , रुपैयाँ झिक्ने बचत गर्ने लगायतका बैङकिङ सेवा लिन पाउने छन् , अध्यक्ष धितालले बताए ।

राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सुरु भएको दिनमा ४० जनाले सेवा लिएको सिँजा काउण्टरका वरिष्ठ सहायक धुर्व कुमार वलीले जानकारी दिनु भयो ।

वलीका अनुसार राष्ट्रिय वाणिज्य बैंक सिँजा काउण्टरबाट सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले यस काउण्टरको पहिलो सेवाही भएर खाता खोली चेक लिनु भएको छ ।

यस भन्दा अगाडि
सिँजाका जनताले राजस्व तिर्न वाणिज्य बैक शाखा जुम्ला बजारमा तिर्ने, तिर्न जान्थ्ये । अहिले घर नजिकै सरकारी बैंकबाट सेवा लिन पाउँदा सिँजा वासी खुसी भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित