नेपाल शिक्षक महासंघ सिँजा गाउँपालिका कमिटी अध्यक्षमा भुवन प्रसाद उपाध्याय चयन
नेपाल शिक्षक महासंघ सिँजा गाउँपालिका कमिटी अध्यक्षमा भुवन प्रसाद उपाध्याय चयन
    • उमेश बुढा

    • ९ श्रावण २०८०, मंगलवार

जुम्ला ।

नेपाल शिक्षक महासंघ सिँजा गाउँपालिका कमिटीमा सर्वसहमतीबाट अध्यक्ष पदमा भुवन प्रसाद उपाध्याय चयन हुनु भएको छ ।

शिक्षक संगठनको छाता संगठन नेपाल शिक्षक महासंघ हो । यो संगठनले शिक्षकका हकहितका लागि संगठनको महत्त्वपूर्ण भुमिका रहेको । नेपाल शिक्षक महासंघ शाखा जुम्ला अध्यक्ष हर्क महतले बताउनु भयो ।

नेपाल शिक्षक महासंघ सिँजा गाउँपालिका कमिटीको अध्यक्षमा भुवन प्रसाद उपाध्याय , सहअध्यक्ष धर्म वहादुर हमाल, उपाध्यक्ष बसन्ती शाही, सचिव रामचन्द्र रोकाया , सहसचिव चन्द्र प्रकाश रोकाया, सहसचिव गौकला रोकाया , सहसचिव रतन वहादुर रावत रहनु भएको छ । भने, सदस्यमा गोर्ख बुढा , सदस्य कमल प्रसाद आचार्य ,  महिला  उपाध्यक्षमा शान्ती रोकाया, सदस्य तिर्थ वहादुर बुढा , सदस्य सरिता रोकाया , सदस्य बंम वहादुर राना, सदस्य हरी वहादुर बुढा, सदस्य पदम बुढा, सदस्य पार्वती आचार्य र सदस्य प्रदिप कामी रहनु भएको अध्यक्ष महतले बताउनु भयो ।

नेपाल शिक्षक महासंघ सिँजा गाउँपालिकामा सर्वसमितिबाट १७ सदस्यीय कमिटी गठन गरिएको छ ।

उक्त कार्यक्रमको प्रमुख अथिति सिँजा गाउँपालिका उपाध्यक्ष सितली रोकाया रहनु भएको थियो । उनले नेपाल शिक्षक महसंघ सिँजा गाउँपालिकामा सर्वसहमतीबाट चयन हुनु भएका शिक्षकलाई कार्यकालको शुभकामना व्यक्त

गर्दै धन्यवाद दिनु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित