स्वतन्त्र भएर जुम्ला ( क ) बाट चुनाव जितेका शाही अहिले काँग्रेसमै फर्किए
स्वतन्त्र भएर जुम्ला ( क ) बाट चुनाव जितेका शाही अहिले काँग्रेसमै फर्किए
    • उमेश बुढा

    • २९ श्रावण २०८०, सोमबार

जुम्ला ।

स्वतन्त्र उम्मेदवार भएर जुम्लाबाट प्रदेश ( क ) क्षेत्रबाट चुनाव जितेका देवेन्द्र वहादुर शाही पहिले आफू भएको पुरानै पार्टी नेपाली काँग्रेसमै फर्किएका छन् ।

प्रदेश सभा सदस्य शाहीका अनुसार नेपाल पत्रकार महासंघ जुम्लाको कार्यालयमा पत्रकारसँग भेटघाट गरेर नेपाली काँग्रेस पार्टीमा पुन शनिबारका दिन फर्किए बताउनु भएको छ ।

स्वतन्त्र हुने मान्छे होइन । विपीको समाजवाद बुझेर पार्टीमा लागेको बताए । उनले भने , मेरो स्वतन्त्र हुनु पर्ने बाध्यता थियो । त्यतिबेला पार्टीले मलाई अन्याय गरेको थियो ।

शाहीले एमाले माओवादी गठबन्धन भएको बेला नेपाली काङ्ग्रेस पार्टीबाट कोही व्यक्तिले पनि चुनाव लड्न मानेका थिएनन् तर महिले ति २ ठुला दलसँग चुनाव लडेको थिए ।

जनमत त्यतिबेला पनि थियो र आज पनि छ । भन्ने सोचेर स्वतन्त्र भनेर चुनाव लडेको हुँ ।

पदमा रहे पनि नरहे पनि जुम्ली जनताको सेवा गर्नको लागि म विगत केही वर्ष यताबाट लागि रहेको छु । मलाई स्वतन्त्र भएर पनि जनताले जिताएका छन् ।

पत्रकार मार्फत अहिले नेपाली काँग्रेस पार्टीमै , फर्किएको अवगत गराएको छु शाहीले बताए ।

त्यस्तै नेपाली काँग्रेस पार्टीका प्रदेश सदस्य लंक वहादुर शाहीले देवेन्द्र वहादुर शाहीलाई पार्टीले स्वागत गरेको बताउनु भयो ।

पहिलेकै पार्टीमा फर्किएका शाही अहिले जुम्ला ( क ) क्षेत्रका प्रदेश सदस्य रहेका छन् । चुनाव जितेको १४ महिना पछि उनि नेपाली काङ्ग्रेस पार्टीमा फर्किएका छन् ।

साताकाे चर्चित
सम्बन्धित